कारबाही गर्नुपर्ने
अधिवक्ता पाण्डे रिहा
विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको प्रहरी स्रोतले जनाएको हो ।
अदालतले टेलिभिजनमा बोलेको कुरा प्रमाणका रूपमा रहेकोले थुनामा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नभएको हो ।
पाण्डेले एक अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।
उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्