Public Pana
एमालेले आज राष्ट्रिय सभाको बैठक चल्न नदिने

आज बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक चल्न नदिने भएको छ ।

एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान यथावत् राखेको हो । एमालेले बैठक चल्न नदिने जनाउदै यसअघि साउन ११ गते मिटरब्याज सम्बन्धी विधेयक पारित गर्नका लागि मात्रै राष्ट्रिय सभा बैठक चल्न दिएको उल्लेख गरेको छ । 

एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो । प्रतिनिधिसभा बैठक साउन २२ गतेका लागि बोलाइएको छ ।
rastriya-sava1691030897.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update