Public Pana
नासाको सम्पर्कविहिन अन्तरिक्ष यानको संकेत

नासाले आफ्नो अन्तरिक्ष यान भोयजर २ बाट “हर्टबीट” संकेत प्राप्त गरेको बताइएको छ । सन् १९७७ मा  प्रक्षेपण गरेको उक्त अन्तरिक्ष यान भोयजर २ सप्ताहन्तमा  सम्पर्क विहिन भएको थियो ।

हाल उक्त अन्तरिक्ष यान  सौर्यमण्डलको छेउमा घुमिरहेको नासाले उल्लेख गरेको छ ।
साथै, अन्तरिक्ष एजेन्सीले क्राफ्टलाई अन्जानमा सन्देश पठाएको उल्लेख छ, जसले यसलाई पृथ्वीबाट दुई–डिग्री एन्टेना घुमाउन निर्देशन दिएको थियो ।

यद्दपी, अन्तरिक्ष यानले डीप स्पेस नेटवर्क, (डिएसएन )सँग सम्पर्क गुमाएको थियो। डिएसएन ग्राउन्ड बेस्ड एन्टेनाहरूको संग्रह हो, जसले टाढाको अन्तरिक्ष यानसँग सम्पर्क गर्न अनुमति दिन्छ।

यसअघि, भोएजर २ बाट अक्टोबरसम्म जानकारी प्राप्त नहुने हो की भन्नेमा  ईन्जिनियरहरू चिन्तित थिए । अक्टोबरपछि अन्तरिक्ष एजेन्सीले सम्पर्क गर्दा  यसले स्वचालित रूपमा समायोजन गर्ने तथा यसको ओरेन्टेसन रिसेट गर्दै, अन्तरिक्ष यानलाई पृथ्वीतर्फ केन्द्रित गर्ने आशा गरिएको थियो ।

तर हाल नासाले  भोयाजर २ बाट “क्यारियर सिग्नल” प्राप्त गरेको बताइएको छ, जुन डिप स्पेस नेटवर्कले आकाशतर्फ स्क्यान गरेर हासिल गरेको हो । अन्तरिक्ष एजेन्सीले संकेतलाई “हृदयको धड्कन” सँग तुलना गर्दै यसले प्रोब अझै सुरक्षित रहेको तथा सन्देशहरू पृथ्वीमा फिर्ता पठाउँदै गरेको उल्लेख छ ।

इन्जिनियरहरूले अब भ्वाएजर २ लाई आदेशहरू पठाउने प्रयास गर्ने तथा यसलाई  स्वयं तिर पुनः उन्मुख गर्न र पृथ्वीमा संदेशहरु फर्काउन निर्देशन दिने पनि बताइएको छ ।

सम्पर्क विहिन उक्त अन्तरिक्ष यान हालसम्म पनि कुन स्थानमा छ भन्ने स्पष्ट नभएको र अन्तरिक्षमा नै हराइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update