Public Pana
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

आज  बिहीबार अपराह्न ४ बजे मुख्य कार्यालयमा केन्द्रीय समिति बस्ने भएको रास्वपाले जनएको छ । 
समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएपनि मुख्य कार्यसूची नरहेको पार्टीले उल्लेख गरेको छ । 

रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ । पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजमाथि १७ सदस्य रहेको कार्यदल बनाएर अन्तिम रूप दिने तयारी भइरहेको पनि रास्वपाले जनाएको छ । 
पार्टीले मंसिरमा पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । 

रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय छ । विधानमा १ सय २१ सदस्यी केन्द्रीय समिति रहने भनिए पनि मधेसी, जनजाति, पछाडि पारिएको क्षेत्र आदिबाट सदस्य पूर्ति हुन बाँकी रहेको छ ।

प्रतिनिधि सभामा रहेका ६ जना सांसद मात्रै केन्द्रीय समितिमा छन् । 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update