Public Pana
सरकारी खर्चमा गृहजिल्ला जाने प्रधानमन्त्री देउवाको तयारीमा आयोगको रोक

सरकारी खर्चमा शुदुरपश्चिम भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको यात्रालाई निर्वाचन आयोगले रद्द गरिदिएको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो गृहमजिल्ला डडेल्धुरामा चुनावी प्रचार प्रसार गर्ने कार्यक्रम रहेका थाह पाएपछि  आयोगले उनलाई यात्रा अनुमति नदिएको हो । 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
प्रधानमन्त्रीको जिल्ला भ्रमणको प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मागेको यात्रा अनुमतिलाई निर्वाचन आयोगले आचारसंहिता विपरित हुने भन्दै यात्रा नगर्न आदेश दिएको स्रोतले जनाएको छ । उनी आजै बुधवार धनगढी बिमानस्थल हुँदै डडेल्धुरा जाने तयारीमा थिए ।

आयोगले सरकारी खर्चमा जान नमिल्ने आदेश दिएपछि निजी खर्चमा प्रधानमन्त्रीलाई गृहजिल्ला लैजानेवारे बालुवाटारमा निकटवर्तीहरुले छलफल गरिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

सरकारी शीर्षकको खर्च नदेखाएर कुनै दाता मार्फत निजी खर्चमा प्रधानमन्त्री गृहजिल्ला जान सक्ने बालुवाटार स्रोतले बतायो । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update