Public Pana
संबैधानिक परिषद बैठक बस्ने, प्रधानन्यायधिस सिफारिस गरिने

सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ । 

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ । 

आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ । 

आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भए पछि संबैधानिक परिषद बैठक बस्न लागेको हो ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update