Public Pana
माओबादी केन्द्रिय समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज विहिबार पनि जारी रहने छ । 

हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् । 

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update