Public Pana
‘आइएमई पे’मा कनेक्ट आइपीएसमार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने

‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस (Connect IPS) मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क गरि प्रयोग गर्न सकिने छ । 

यसका लागि ग्राहकहरूले ‘आइएमई पे’ मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस (Link via Connect IPS) छनौट गरी आफ्नो बैंक खाता लिङ्क गर्नु पर्नेछ । 

यसरी लिङ्क भई सके पछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिने जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update