Public Pana
साइबर सुरक्षा विनियमावली संशोधन गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली २०७७ संशोधन गर्ने तयारी अघि बढाएको छ । साइबर सुरक्षा विनियमावली संशोधन गर्न प्राधिकरणले सरोकारवालहरुसँग राय, सल्लह, सुझाव माग गरेको छ ।

प्राधिकरणले सम्बन्धित सबै सरोकारवालहरु लगायत विनियमावलीका व्यवस्थाहरु पलना गर्ने सन्दर्भमा दूरसञ्चार सेवा प्रदायकहरुका कुनै समस्याहरु र विनियमावली संशोधन गर्नु पर्ने विषयहरु भए जानकारी उपलब्ध गराउनका लागि सूचना जारी गरेको छ ।

सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र बुँदागत रुपमा र संशोधन गर्नु पर्ने कारण पुष्ट्याई सहित लिखित रुपमा राय, सल्लाह, सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ ।

सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाका लागि आवश्यक पर्ने उत्कृष्ट अभ्यास कार्यान्वयन गर्न प्राधिकरणले अग्रसरता बढाएको हो।

आईसीटी पूर्वाधार र सूचना प्रणालीमा विभिनन साइबर आक्रमण तथा जोखिमबाट बचाउनका साथै सूचना तथा सञ्चार प्रविधिका सेवाहरु प्रयोग गर्ने सेवाग्राहीहरुमा विश्वसनियता कायम राख्न प्राधिकरणले साइबर सुरक्षा विनियमावली संशोधन गर्न खोजेको छ ।

ntc letter1691022010.png

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update