माथासिहं पश्चिमको खसिया राज्यका राजा थिए जसले वि.सं. १३२८ मा उपत्यकामा आक्रमण गरेका थिए । उनको पालामा माटाका सिक्काहरु पनि बनाइन्थे । ती सिक्काहरु कामदारहरुलाई टोकनको रुपमा दिइन्थ्यो ।
कुनै समयमा छालाको सिक्का समेत नेपाली प्रचलनमा थियो । सर्कि राजाहरुले सो सिक्का प्रचलनमा ल्याएको बताइन्छ ।
ती सिक्का मध्ये एक थरी सिक्कालाई १५ कर्म भनिन्थ्यो जसलाई सानो परिमाणको सिक्का अर्थात चोटांस बनाउनका लागि टुक्रा समेत पार्न सकिन्थ्यो । सो सिक्का ८ वटा पेटलको डिजाइनमा भएकाले पेटलको संख्याका आधारमा टुक्रा पारिन्थ्यो ।
पाँचौँ शताब्दीमा राजा मानदेवको पालामा लिच्छवी सिक्काहरु प्रचलनमा आएका हुन् । मल्ल कालमा आएर मात्रै सिक्काको प्रयोगलाई व्यवस्थित बनाइयो । सोही समयमा २ मोहरलाई एक रुपैँया बराबरको मान्यता दिइयो ।
त्यस्तै, १ मोहर बराबर ५० पैसा, साँढे एक सुका बराबर ३६ पैसा, एक सुका बराबर २५ पैसा, एक सुक्की अथवा टिन्ननी बराबर १२ पैसा, आन्नी बराबर ६ पैसा, अधानी बराबर ३ पैसा र ४ दाम बराबर एक पैसा गरि पैसाको स्तर वर्गीकरण गरियो ।
महेन्द्र मल्लको शासनकालमा उपत्यकामा एक तोला चाँदीबाट बनेको सिक्का प्रयोगमा ल्याइयो जसलाई महेन्द्र मल्ली नाम दिइयो ।
हावाको बहावजस्तो देखिने फुकदम नामक चाँदीको सिक्का जयप्रकाश मल्लको शासनकालमा कान्तिपूर नगरीमा प्रयोगमा ल्याइएको थियो । सो सिक्काले संसारमै सबैभन्दा सानो सिक्काको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो स्थान बनाएको थियो ।
वि.सं १५४५ मा दोलखाका राजा इन्द्रसिंह देवले नेपालमा पहिलोपटक एक तोला चाँदीबाट सिक्का बनाउन लगाए ।
१६४० को दशकतिर, नेपाली सिक्काहरु तिब्बतमा स्वत्नत्र रुपमा प्रयोगमा ल्याइन्थ्यो ।
त्यस्तै, वि.सं.१७५४ मा पृथ्वी नारायण शाहको शासनकाल रहँदा पहिलो शाहकालीन मुद्राको रुपमा पहिलाने चाँदीको मोहर प्रचलनमा ल्याएका हुन् । माथासिंहको छोटो शासनकालमा सुन, चाँदी, तामा, निकेल, ब्रास, एल्मुनियम लगायतका महँगा र विशेष किसिमका धातुहरु प्रयोग गरेर सिक्काहरु बनाइन्थ्यो । माटाको सिक्काहरु धेरै भएपछि उनीहरुले वास्तविक सिक्कासँग सो सिक्का साट्न पाउँथे ।
अंशुवर्माको अभिलेखमा वृतिका, मानक, गुणक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्नुगुप्त, वृष नामक मुद्राको प्रयोग हुने पुष्टि हुन्छ ।
वि.सं १९६७–१९७६ मा तिलौराकोटमा गरिएको अध्ययनका अनुसार नेपालको सबैभन्दा पुरानो सिक्का कुसन, कनिक्षा र कविशा सिक्का पहिलो शताब्दीतिर नै प्रयोगमा आएको थियो । पन्च माक्र्ड सिक्काहरु भने छैटौँ/सातौँ शाताब्दी बीसी तिर प्रयोगमा आएको थियो ।
उदाहरणका लागि, ५ पेटल बराबर १० कर्म हुन्थ्यो भने ७ पेटल बराबर साँढे सात कर्म हुन्थ्यो । त्यस्तै, ३ पेटल बराबर ५ कर्म हुन्थ्यो । लिच्छवी कालको सुरुवातसँगै वि.सं.१९४५ सम्म सिक्कामा प्रयोग भएको धातुको वजनको आधारमा सिक्काको मूल्य निर्धारण हुन्थ्यो ।
पर्याप्त सीप र प्रविधि रहेको भएपनि पछिल्ला केही वर्षयता नेपालले चलनचल्तीमा रहेका एक र दुई रुपैयाँ दरका सिक्का विदेशमा बनाएर ल्याउने गरेको राष्ट्र ब्याङ्कले जनाएको छ ।
स्वदेशमा सिक्का बनाउँदा सिक्काको दरभन्दा सिक्का बनाउँदा प्रयोग हुने धातुको मूल्य महंगो पर्ने लगायतका कारणले नेपालमा सिक्का बनाउन प्रयोग भएका करोडौँ मूल्यका मेसिन ठप्प प्रायः बनेका छन् ।
तर राष्ट्र व्यांकको सिक्का छपाइसम्बन्धी टक्सार महाशाखामा रहेका नयाँ तथा पुराना मेसिन एवम् जनशक्ति, स्मारिका सिक्का र तक्मा तथा पदकहरू छपाइमा सीमित बनेका छन् । त्यस्तो छपाइ विषेश वर्ष, घट्ना, पर्व वा अवसरमा सरकारी तथा निजी क्षेत्रका लागि समेत माग अनुसार गरिने राष्ट्र ब्यांकको भनाई छ ।
संसारमा अभौतिक मुद्रा (डिजिटल करेन्सी) प्रचलन आइसकेको छ । तर, नेपालमा धातुका एक र दुई रुपैयाँका सिक्काकोे माग घटेको छैन ।
वार्षिक ८ करोड रुपैयाँबराबरका सिक्का मुलुकमा खपत हुने गरेको छ । राष्ट्र बैंकबाट निष्कासन गरिने यी सिक्काको प्रयोग चलनचल्तीबाटै हराइसकेजस्तै छ ।
केही डिपार्टमेन्ट स्टोरबाहेक किरानालगायत अन्य पसलबाट एक–दुई रुपैयाँको फिर्ता आउने भयो भने पैसा होइन, चकलेट आउँछ ।
वि.स. २००२ असोज १ गतेदेखि नेपालमा कागजी नोट प्रचलनमा आएको हो ।