Public Pana
माओवादी स्थायी कमिटी बैठक जारी (फाेटाे फिचर)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

आजवाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो, सो लगत्तै स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ । 

पाँच दिनसम्म जारी हुने केन्द्रिय समिति बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे पदाधिकारी बैठक बसेको हो र सो लगत्तै स्थायी कमिटी बैठक बोलाएर पदाधिकारी बैठकले पारित गरेका अजेन्डा अनुमोदन गर्ने कार्यसुची रहेको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको सो बैठकले केन्द्रिय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रिय समितिमा प्रस्तुत हुनेछ ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

 

mao71690950966.jpg

mao-51690950935.jpg

mao1690950908.jpg

4 mao1690950874.jpg

3 mao1690950851.jpg

2 mao1690950834.jpg

1 mao1690950812.jpg

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update