Public Pana
अनुहारको चाउरीपनाबाट तनाब नलिनु, हुन्छ सहजै चम्किलो

अनुहारमा चाउरी परेर सबैलाई तनाब हुन्छ । तर सहज तरिकाले हटाउन सकिने भएकाले कसैलेपनि तनाब लिनुपर्दैन ।
सुन्दर छालामा मसिना धर्साहरुलाई चाउरी भनिन्छ । उमेर बढ्दै जादा आँखा वरिपरि निधार, घाँटी, ओठको वरिपरि र गालामा चाउरी पर्न थाल्छ । यसले गर्दा समस्या देखिन्छ । 

यसको लागि समाधान गर्न विभिन्न उपायहरु छन् । जसलाइ पालना गर्ने हो भने सहजै हट्छ । निम्नानुसार छालालाई बचाउन सकिन्छ ।

१) नियमितरुपमा सनस्क्रिन क्रिमको प्रयोग गर्ने, पर्याप्त मात्रामा पानी पिउने, व्यायाम गर्ने, व्यवस्थित जीवनयापन गर्ने, प्रशस्त मात्रामा भिटामिन र मिनरल्सयुक्त भोजन गर्ने गरेमा अनुहारलाई चाउरीपनबाट जोगाउन सकिन्छ ।

२) गोलभेडामा प्रशस्त मात्रामा ‘भिटामीन–सी र ए’ हुन्छ । जुन छालाको लागि फाइदाजनक हुन्छ । गोलभेडालाई काटेर अनुहारमा दल्ने र १० मिनेटपछि सफा पानीले पखाल्ने । यसले छालाको कोषिका निर्माण गर्न सहयोग गर्छ र छाला चम्किलो हुनुका साथै चाउरीपन कम भएर जान्छ ।

गोलभेडालाई काटेर रस निकाल्ने र महमा मिसाएर अनुहारमा लेप लगाएर ५ मिनेटसम्म हल्का मसाज गर्ने । त्यसपछि पाँच मिनेटसम्म रहन दिने । यसले छालालाई चाउरीनबाट जोगाउछ ।

३) अण्डाको रानीमा ‘भिटामिन–ए’ पाइन्छ । जुन छालाको लागि अत्यन्तै फाइदाजनक हुन्छ । अण्डाको रानीलाई राम्रोसँग मिक्स गरी क्लिन्जरको रुपमा प्रयोग गर्दा यसले छालामा नमी प्रदान गर्छ । छालालाई नरम, मुलायम र चम्किलो बनाउनुको साथै चाउरीपनबाट पनि छुटकारा मिल्छ । रानी अनुहारमा लगाएर केही समय मसाज गर्ने र मनतातो पानीले पखाल्दा छाला चम्किलो हुन्छ ।

४) अनुहारमा केरा र दुधको प्याक बनाएर लगाउन सकिन्छ । पाकेको केरालाई पिसेर पेस्ट बनाउने । काँचो दुध मिसाई अनुहार सफा गरी लगाउने । २० मिनेटपछि पखाल्ने जसले गर्दा चाउरीपना हट्छ । 

५) एरोमा तेल बजारमा सजिलै किन्न पाइन्छ । जुन शतप्रतिशत शुद्ध हुन्छ । लेभेण्डर, लेमन, सेन्डलवुड, जेरेनियम, क्लेरीसेज मध्ये कुनैपनि केही एरोमा तेल लिई ओलिभ ओयलमा मिक्स गरेर अनुहारमा मसाज गरे चाउरीपन हट्छ । 
तर एरोमा तेलहरु शुद्ध हुने भएकोले प्रत्यक्ष छालामा लगाउनु हुँदैन ।  
प्राकृतिक उपचार विधि छालाका लागि धेरै फाइदाजनक छ । जसलाई नियमित प्रयोग गर्नुपर्ने हुन्छ । तर, कसैलाई एलर्जी पनि हुन सक्छ । यदि त्यस्तो भयो भने प्रयोग गर्न बन्द गर्नुपर्छ ।

६) लगातार प्रयोग गर्दा पनि सकारात्मक परिणम नआए ‘ब्यूटी एक्स्पर्ट’सँग सल्लाह लिनुपर्छ । 

 

Dr.-Rekha-Thapa1690948029.jpg

(कस्मेटोलोजिष्ट एस्थेटिसियन तथा एरोमा थेरापिस्ट डा. रेखा शर्मासँगको कुराकानीमा तयार पारिएको )

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update