Public Pana
राष्ट्रपति पौडेललाई  दुवई भ्रमणको निम्तो

राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त अरब इमिरेट्स यूएई ९दुबई०ले भ्रमणका लगि निमन्त्रणा गरेको छ ।  

नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज मंगलबार राष्ट्रपतिसँग भेट गरी निमन्त्रणा दिएको हो । 
संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म युएईको दुबईमा हुँदैछ ।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाउनुभएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका थिए ।

राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update