Public Pana
फेरी कोशीको मुख्यमन्त्री उद्धव थापा

सत्ता गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्। । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका ४७ सांसदको समर्थनमा उनले मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङकहाँ दाबी पेस गरेका थिए । 

खापुङले दिएको समय सीमा साउन १६ गते आज मंगलबार ५ बजेको समयभित्रै ४७ जना सांसदले हस्ताक्षर गरेर दाबी थापाले पेस गरेका थिए। त्यसलगत्तै खापुङले थापालाई एक महिनाबीचमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ।

थापाले दाबी पेस गर्न जानुअघि कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । 
काठमाडौंबाट विराटनगर उत्रिएलगत्तै उनले प्रदेशसभामा सचिवालयमा पुगेर उपसभामुख सिर्जना दनुवारलाई राजीनामा बुझाएका थिए ।  

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक थियो ।

गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद पुगेका छन्। । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update