Public Pana
संसद चल्ने पक्का भएपनि कार्यव्यवस्था बैठकले केही ढिला 

लामो समयसम्म प्रतिपक्षि दल नेकपा एमालेले अवरोध गरेकाले रोकिएको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । 

एमालेले संसद बैठकमा सुन प्रकरणबारे अनुसन्धान गर्न छानबिन समितिको प्रस्ताव गर्ने भएकाले सभा सुचारु  हुने भएको हो ।

कार्यव्यवस्था समितिको बैठकमा सुरुमा संसद चल्न दिने र एमालेले छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको एमालेले जनाएको छ ।

यदी सत्तापक्ष छानबिन समिति बनाउन सहमत नभएर फेरी संसदमा अवरोध ल्याई सूचारु हुन नदिने भएको एमालेको भनाई छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाएको भएपनि कार्यव्यवस्था समितिको बैठक लम्बिएकाले अहिलेसम्म सुरु भएको छ ।  

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update