Public Pana
प्रधानन्याधिशका लागि संवैधानिक परिषद्को बैठक बस्दै 


संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक आज अपरान्ह् ४ बजे का लागि आह्वान गरेका हुन् । 

संवैधानिक परिषद् बैठक बोलाउनेबारे प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग आइतबार छलफल गरेकाले बैठक बोलाइएको हो । 

प्रमुख प्रतिपक्षी दलले प्रधानन्यायाधीश सिफारिसमा ढिलाइ भएको बताउँदै आइरहेको छ । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशको रोलक्रममा अगाडि छन् । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

कार्की अवकाशमा जान एक साता मात्र बाँकी हुँदासम्म संवैधानिक परिषद्को बैठक नबोलाएर प्रधानमन्त्री प्रचण्डले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप समेत लागेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update