Public Pana
निर्माण व्यवसायी पुगे प्रधानमन्त्रीको निवास डोजर सहित 

निर्माण व्यवसायीहरुले डोजरसहितका निर्माण यन्त्रहरु तेर्स्याएर प्रधानमन्त्रीको सरकारी निवासअगाडि विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार भेला भइ निर्माण व्यवसायीहरुले डोजर र अन्य निर्माण यन्त्र सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

उनले नेपाल सरकारले बनाएका योजनाहरु ४ खर्बभन्दा बढी योजनाको सुनिश्चितता गरे पनि श्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको बताए ।

सिंहले सरकारले त्यस्ता योजनाको म्याद एक वर्ष थप गर्ने भने पनि भुक्तानीको व्यवस्थापन गर्न नसके त्यस्ता योजना खारेज गर्नुपर्ने बताए ।

nirman bebasai1690873969.jpg

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update