Public Pana
घुर्कि लाउँदै, सरकारमा जान तयार नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टी अन्ततः सुदूरपश्चिम सरकारमा जाने भएको छ ।

संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिचम सरकारमा जान तयार भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका

अध्यक्ष माधवकुमार नेपाल र उन्मुक्ति संरक्षक रेशम चौधरीसहितको बैठकबाट यस्तो सहमति जुटेको हो । 
उन्मुक्ति अध्यक्ष एवम् संघीय सरकारकी भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले बालुवाटार बैठकमा सहमति भएको बताउँदै आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइन् । 

उनका अनुसार सुदूरपश्चिम सरकारमा नाउपाले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ । गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदीय समितिका २ जना सभापति पनि दिन तयार भएका छन् ।

कृषि मन्त्रालयलाई नमान्दै असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल नभइ घुर्किमा बसेको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update