Public Pana
एकीकृत समाजवादीका नेता डिल्ली एमालेमै फर्किए 

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमालेमै फर्किएका छन् ।

हिजो सोमबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि उप्रेती आफ्नो पुरानै घरमा फर्किएको एमालेले जनाएको छ ।
आज मंगलबार बिहान एमालेले जनाए अनुसार हिजो एमाले अध्यक्ष ओलीलाई भेटेर डिल्ली पुरानै घरमा फर्किएका हुन् । एमाले प्रवेशको औपचारिक घोषणा भने सर्लाहीमै फर्किएपछि हुनेछ । 

बालेकोटस्थित ओली निवासमा एमाले अध्यक्ष केपी ओलीसँग वार्तापछि तस्बिर खिचेका छन् डिल्लीले ।

एमाले नेताहरु हरि उप्रेती, राजनारायण साह, रेवती पन्त, गणेश प्रसाईंलगायतसँग उप्रेती सोमबार ओली निवास बालकोट पुगेका थिए । त्यस क्रममा उप्रेतीले ओलीसँग छुट्टै वार्तासमेत गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update