Public Pana
राप्रपा नेपाल र जन आन्दोलन मोर्चाबिच एकीककरण हुदैँ

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा बीच आज एकता हुदैँछ ।

गत आइतबार राप्रपा नेपाल र मोर्चा बिच भएको सहमति अनुसार आज एकता हुन लागेको हो  । 

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजेवाट उक्त एकतासभाको औपचारिक कार्यक्रम सुरु हुनेछ  । 
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार सो एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update