Public Pana
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसुची यथावत रहने

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

यसैगरी, हिजाे नै तय भएकाे कार्यसुची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने छ ।

 साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने  तथा राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसुचीलाइ यथावत राखिनेछ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update