Public Pana
उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनको तयारी

काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले छलफल गरेका छन् । 

सार्वजनिक वस सेवा सञ्चालनबारे उनले आज सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् । 

छलफलका क्रममा काठमाडौं उपत्यका दिनहँु देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो ।

छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।  

विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन्  ।

pm-31690815960.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update