Public Pana
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् ।

कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको उल्लेख गर्दै

उनले कृषि र अर्थसँग पशुहरुमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत धारणा राखे ।
लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले यो रोग यसअघि देखिएका छिमेकी देशहरुबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको दाबी गरे ।

उनले भने, “छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो । हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरुमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र क्षति पनि ।”

pm-11690811479.jpg

आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागको प्रधानमन्त्री दाहालले ध्यानाकर्षण समेत गराए ।

उनले बैठकमा भने, “अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौं, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔं र सोही अनुसार योजना बनाऔं ।”  

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रुपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उनले कृषि मन्त्रालयलाई निर्देशन समेत दिए ।

लम्पी स्किन रोग नियन्त्रणका लागि खोप को प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरुमा सचेतना फैलाउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । 

उक्त छलफलमा प्रधानमन्त्री, कृषि तथा पशुपक्षी मन्त्री वेदुराम भुसाल, योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, प्रधानन्त्री कार्यालयका सचिव एकनारायण अर्याल,गणेश पाण्डे,रामप्रसाद थपलिया कृषि मन्त्रालयका पशुपन्छी तर्फका सचिव दीपककुमार खराल,सोही मन्त्रालयका कृषि तर्फका सचिव गोविन्द शर्मा, नेपाल प्रहरीका आइजी वसन्त कुँवर लगायतको उपस्थिति रहेको थियो ।

pm-21690811503.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update