मधेश प्रदेश सरकारको आज पूर्णता
मधेश प्रदेश सरकार आज सोमबार पूर्णता भएको छ । उक्त सरकारमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आज दुई मन्त्री नियुक्त गरेका हुन्
आज सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेशमा पाचौंपटक मन्त्रिपरिषद विस्तार भएको हो । यद्यपि, सबै मन्त्रीले जिम्मेवारी भने पासकेका छैनन् ।
यसअघि जसपाबाट विना विभागीय मन्त्रीको जिम्मेवारीमा रहेकी सुरिताकुमारी साहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १८:०७
प्रतिक्रिया दिनुहोस्