Public Pana
सबै नेता नबिग्रिएको ओलीको प्रष्टिकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै नेता नबिग्रिएको बताएका छन् ।

नेकपा एमाले साहित्य कला तथा संस्कृति विभागले प्रकाशित गरेको ‘युगदुत’ पुस्तकको आज सोमबार भएको विमोचन कार्यक्रममा उनले सबै नेता नबिग्रिएको बताएका हुन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले राजनीति भनेको सबै नीतिहरुको मूल नीति भएको भन्दै भ्रष्ट नीति, छुल्याहा नीति, चुक्ली नीति, ढाँटछल र धोखाधडीवाला नीति नभएको बताए ।

‘राजनीतिमा यस्तो त भइहाल्छ नि ! भन्ने चलन छ आजभोलि । नहुनुपर्ने कुरा राजनीतिमा पनि हुनुहुँदैन’, ओलीले भने, ‘अपवित्र पनि पवित्र हुने राजनीतिमा हुँदैन ।’ उनले सबै नीतिहरुको मुहान राजनीति भएकाले मुहानलाई धमिलो पार्न नहुने बताए । 

अध्यक्ष ओलीले सबै मुहान फोहोर नभएको पनि बताए ।  अरस्तुले दाँत गनेजस्तो हुनु नहुने भन्दै उनले अरस्तुको कथा समेत सुनाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update