Public Pana
संघीय शिक्षा ऐनको मस्यौदा भोलि मन्त्रिपरिषदमा पेश हुने

सर्वाधिक चासोमा रहेको संघीय शिक्षा ऐनको मस्यौदा भोली मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेश हुने भएको छ ।

मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऐनको मस्यौदा पेश हुने र मन्त्रिपरिषद्ले पारित गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट तयार पारेर मन्त्रिपरिषद्कै विधेयक समितिमा रहेको मस्यौदा मंगलबार पेश हुन लागेको हो ।

केहि दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत साउन १६ गते बस्ने संसद बैठकमा मस्यौदा पेश हुने बताएका थिए । सोही आधारमा मन्त्रिपरिषद् पारित गर्न लागेको हो ।

भोली मन्त्रिपरिषदले पारित गरेपछि आवश्यक छलफल र पारितका लागि संघीय संसदमा पेश हुनेछ । यसअघि तत्कालिन शिक्षामन्त्री देवेन्द्र पौडेलले मस्यौदा मन्त्रिपरिषद्मा पेश गरेका थिए । मन्त्रिपरिषद् बैठकले विधेयक समितिमा पेश गरेर थप छलफल गर्ने निर्णय गरेको थियो । त्यो बेलादेखि मस्यौदा अघि बढ्न सकेको थिएन । 

पौडेलपछिका दुई शिक्षामन्त्रीले मस्यौदामा आवश्यक संशोधन गरेका थिए । तत्कालिन शिक्षामन्त्री शिसिर खनालले आवश्यक परिमार्जन गरेर मात्र अघि बढाउने बताएका थिए । त्यसपछिका शिक्षामन्त्री अशोककुमार राईले मस्यौदालाई अध्ययन गरेर त्यसमा परिमार्जन गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update