Public Pana
राप्रपा कार्यालयबारे जिप्रकामा छलफल

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउनेबारे जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौमा छलफल भइरहेको छ । 

छलफलमा महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको हो ।
महानगरले केही नगर प्रहरी र डोजर अहिले हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ । 

बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेकोले सार्न भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबारसम्मको समय दिएको थियो ।

तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज सोमबार भत्काउने तयारी महानगरपालिकाले गरेको हो ।

महानगरले कार्यालय भत्काउने भनेपछि आज बिहानैदेखि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेर सडकमा गाडी राख्दै अवरोध गरेका थिए । जसका कारण जिप्रकामा छलफल भएको हो । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update