Public Pana
भर्चुअल माध्यमबाट अदालतमा बहस

उच्च अदालत दिपायलले श्रव्यदृश्य संबाद (भर्चुअल) विधिबाट मुद्दामा बहस हुन थालेपछि भौगोलिक रूपमा टाढा रहेका सेवाग्राहीलाई सहज भएको छ ।

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाका अनुसार भर्चुअल विधिबाट ४९२ मुद्दामा बहस भएको गोरखापत्रले जनाएको छ ।

२०७८ साल चैत ५ गतेबाट भर्चुअल विधिमार्फत विभिन्न जिल्लाका ४९ जना कानुन व्यवसायीले बहस पैरवी गर्नुका साथै ४२ जना विशेषज्ञलगायतको बकपत्र पेस गरिएको हो ।

भर्चुअल हेयरिङ उपकरण उच्च अदालत दिपायलका मातहतका सबै अदालतमा जडान गरिएको छ । यो प्रविधिबाट भौगोलिक रूपमा टाढा भएका व्यक्तिलाई सहजता भएको छ । मुद्दा पक्षको समेत समय र स्रोतको बचत भएको छ ।

भर्चुअल बहसका कारण अदालतको बार्षिक लक्ष्य प्राप्तिमा सहजता भएको बताइएको छ । उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गरेको विवरण पनि सार्वजनिक गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update