Public Pana
स्वतन्त्र निजामती कर्मचारी संगठनको धर्नामा प्रहरीको हस्तक्षेप

संघीय निजामति सेवा ऐन जारी गर्न भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले सुरु गरेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।

सिंहदरबार दक्षिण गेटमा धर्ना दिइरहेकामध्ये संगठनका अध्यक्ष पशुपति पोखरेल र अन्य केही पक्राउ परेका छन् ।

संघीयता लागु भएको लामो समय बितिसक्दा पनि संघीय निजामति सेवा ऐन जारी नभएको भन्दै स्वतन्त्र निजामती कर्मचारी संगठनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।Nijamati 21690798603.jpg

संघीय निजामति सेवा ऐन छिटो जारी गर्न माग गर्दा प्रहरीको दमन भएको भन्दै संगठनले आपत्ती जनाएको छ । संगठनले प्रहरी नियन्त्रणमा रहेका अध्यक्षसहित राष्ट्र सेवक कर्मचारीहरूलाई छिटो रिहा गर्न माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update