Public Pana
पुनर्जीवित भए ४६ हजार वर्षसम्म जमेको किरा

साइबेरियाको पर्माफ्रोस्टमा ४६ हजार वर्षसम्म जमेर बसेको किरा पुनर्जीवित भएका छन् । 

रूसको इन्स्टिच्युट अफ फिजियोकेमिकल एन्ड बायोलोजिकल प्रोब्लेम्स इन सोयलका वैज्ञानिकहरूले माइक्रोस्कोपिक नेमाटोडका दुई प्रजातिहरू पत्ता लगाएका हुन् । 

नजिकैको पर्माफ्रोस्टमा पाइने बिरुवाहरूबाट रेडियोकार्बन डेटिङ प्रयोग गरेर, वैज्ञानिकहरूले कीरा ४५ हजार ८३९ देखि ४७ हजार ७६९ वर्षको बीचमा भएको अनुमान गरेका छन् । 

नमूनाहरूको विश्लेषण पछि, कम्तिमा एउटा पूर्णतया नयाँ प्रजातिबाट आएको वैज्ञानिकहरूले दाबी गरेका बताइएको छ ।

जसलाई उनिहरूले पानाग्रोलाइमस कोलिमाइनिस नामाकरण गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पुरातन जीवहरू बाहेक, साइबेरियन पर्माफ्रोस्ट, जुन अहिले जलवायु संकटको बीचमा पग्लिरहेको छ, यसमा हरितगृह ग्यासहरूको विशाल भण्डारहरू रहेकाले वैज्ञानिकहरूलाई यसले चिन्तित तुल्याएको वासिन्टन पोष्टले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update