Public Pana
एमालेका कारण संसद बैठक भोली सम्मका लागि स्थगित

प्रतिनिधिसभाको  सोमबारको बैठक स्थगित भएको छ । बैठक भोलि ९मंगलबार० १ बजे बस्ने गरी स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तापक्षसँग सुन प्रकरण छानबिन गर्न उच्च स्तरीय छानबिन समित गठन गर्नुपर्ने माग गरेको थियो ।

सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जनाएको छ । 

एमालेले साउन १० गते पनि यसै विषयलाई लिएर संसद् अवरोध गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update