Public Pana
सदनको अवरोध हटाउन सभामुख र गृहमन्त्रीबीच छलफल

सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन छलफलमा जुटेका छन् ।

एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको हो । 

सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेले सदन अवरुछ गर्ने भएपछि सुरु हुन नसकेको अवस्थामा सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । 

यसअघि सभामुख घिमिरेले दलहरूका प्रमुख सचेतक तहमा छलफल गरे पनि सहमति जुटेन । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update