Public Pana
मधेस प्रदेश सरकारबाट दुई मन्त्रीले दिए राजीनामा

मधेश प्रदेश सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विनाविभागीय जिम्मेवारीमा रहेका जनमतबाट मन्त्री बनेका दुईजनाले सोमबार पदबाट राजीनामा दिएका हुन् । 

पार्टीको निर्देशनानुसार मधेश प्रदेश सरकारका मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले राजीनामा दिएका हुन् ।
 
मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेर भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई दिएका थिए । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विनाविभागीय बनेका थिए ।
 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update