Public Pana
सुन तस्करीको छानबिन समिति बनाउने प्रधानमन्त्रीको दाबी 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको छानबिन समिति बनाएर छानबिन गर्ने जानकारी दिएका छन् ।

आज सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकमा पार्टी अध्यक्ष समेत रहेका उनले उपमहासचिव वर्षमान पुनले विशेष समय लिदै समितिको माग गरेपछि प्रतिउत्तरमा प्रतिबद्धता दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

गत श्रावण ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्गर्ततको राजश्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियो ।
सुन तस्करीको अनुसन्धान राजश्व विभागले नै गर्दै आएको छ ।

राजश्व अनुसन्धान विभागले नेपाल प्रहरीको समेत सहयोग लिएर अनुसन्धान अगाडि बढाएको छ ।

अनुसन्धान निष्कर्षमा पुग्ने र सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरिने प्रधानमन्त्री प्रचण्डको दाबी छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update