Public Pana
उपमहासचिव पुनको सुन तस्करीबारे छानबिन समिति बनाउने प्रस्ताव

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव एंव पूर्व अर्थमन्त्री वर्षमान पुनले सुन तस्करीबारे छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताब पेश गरेका छन् ।

सुन प्रकरणमा हिजो आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग उनको फोटो विभिन्न क्षेत्रमा देखिएकाले यो, ८ वर्ष पहिला विहेको बधाई दिदाको भन्दै प्रष्टिकरण दिदै समिति गठन माग राखे ।

आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिए । 

आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा उनले सुन तस्करी प्रकरणलाई लिएर कतिपयले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको तथा उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएको भन्दै उनले सत्यतथ्य छानबिनको माग गरे ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update