Public Pana
संसदीय सभापति चयनमा रास्वपाको चासो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाल समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताए । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update