Public Pana
राप्रपा कार्यकर्ताले तेर्साए सडकमै गाडी 

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरेको छ ।

बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो ।

तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको छ ।

महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन् ।

राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन् ।

आफ्नो ईच्छा विपरित भएपछि विरोधमा उत्रन समेत राजनीतिक पार्टीले सिकाउने प्रथाले कानूनको पालनामा कोही पनि नभएको प्रष्ट देखिएको छ । 

राजनीतिक विश्लेष प्रा. कृष्ण खनालले अरुलाई सुधार्छु भन्नेले आफै नियम पालना गरेर उदाहरण बन्नुपर्नेमा जोड दिए । 

Rpp birodh1690784204.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update