Public Pana
माओवादीको मंसिरमा विधान सम्मेलन, केन्द्रीय समितिको बैठक लाइभ

नेकपा माओवादी केन्द्रले आगामी मंसिर महिनामा विधान सम्मेलन गर्ने भएको छ । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मंंसिर महिनामा विधान सम्मेलनसँगैै फागुन–चैतमा विशेष महाधिवेशन गर्ने निर्णय गरिएको पार्टी कार्यालयले जनाएको छ । 

हिजो आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आज सोमबारको लागि बोलाईएको हो ।

साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो । 
बैठको निर्णय अनुसार जनता, संगठन र सदस्यता वितरणलाई सो तीन महिनाभित्रमा सम्पन्न गरी आगामी मंसिरमा विधान सम्मेलन गरिने प्रस्तावसँगै पार्टीले विशेष महाधिवेशन पनि गर्ने निर्णय गरेको छ । 

फागुन–चैततिर गर्ने भनेर राखिएको प्रस्ताव केन्द्रीय समितिको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा हुने निश्चित छ । 

सत्तारुढ नेपाली कांग्रेसपछि सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रले पनि पहिलोपटक केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने भएको छ । 

माओवादी केन्द्रको पदाधिकारी बैठकले यही पर्सी सुरु हुने केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको हो ।  

केही दिनअघि नेपाली कांग्रेसले पनि आफ्नो इतिहासमा पहिलोपटक केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो ।

जसका कारण सभापति शेरबहादुर देउवाको प्रशंसा भइरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update