Public Pana
गौरीशंकर संरक्षण क्षेत्र र स्थानीय तहबीच विवाद चुलिदै

दोलखाको वन्यजन्तु र मानवबीच बढ्दै गएको द्वन्द्वका कारण तीनवटा जिल्लाको हिमाली क्षेत्रलाई समेटेर बनाइएको गौरीशंकर संरक्षण क्षेत्र र स्थानीयबीच दूरी बढ्दै गएको छ ।

विकास निमार्णदेखि स्थानीय स्रोतसाधन प्रयोगमा बाधा पुराएको भन्दै स्थानीय तह र संरक्षण क्षेत्रबीच पनि विवाद चुलिएको छ । संरक्षण क्षेत्रले बनाएका समितिको खातामा लाखौं रकम जम्मा भए पनि समुदायमा आधारित काम नगरेपछि संरक्षण क्षेत्रको कार्यशैलीप्रति स्थानीय असन्तुष्ट छन् ।

दोलखाको बिगु गाउँपालिका ६ र ७ मा चितुवाले खोरमै आक्रमण गरेर किसानको खोर रित्तो बनाउँदा स्थानीयमा त्रास छाएको छ ।

चितुवा अझै नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो समय वन्यजन्तु र मानवबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्न चासो नदिएको भन्दै स्थानीय र गौरीशंकर संरक्षण क्षेत्रबीच द्वन्द्व चर्किएको छ ।

विकास निर्माणका काम र स्थानीय स्रोत–साधन प्रयोगमा बाधक बनेको भन्दै स्थानीय तह र संरक्षण क्षेत्रबीच अर्को द्वन्द्व छ ।

यस्तै आलम्पुमा रहेको पुर्खौली स्लेट खानी संरक्षण क्षेत्रले बन्द गराएको भन्दै सीमान्तकृत थामी समुदायले रोजगारी गुमाउन परेको दोष पनि संरक्षण क्षेत्रलाई दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update