Public Pana
माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिकाे अजेन्डा तय गरिने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ  । 

हिजो आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आज सोमबारको लागि बोलाईएको हो ।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा बस्नेछ । 

साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो । 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update