Public Pana
सत्ता सहकार्य गर्ने प्रचण्ड र देउवाको प्रस्ताव राप्रपाद्वारा अस्वीकार

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्ता सहकार्य गर्ने प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री दाहाल र देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सत्ता सहकार्यको प्रस्ताव गरेका थिए ।

दुवैजनाले सत्ता सहकार्यको प्रस्ताव गर्दै कोशीमा मात्रै नभएर सबैतिर सत्तामासहकार्य गर्न र संघीय सरकारमा तत्काल आउनेगरी सोच्न आग्रह गरेका थिए । 

तर, राप्रपा अध्यक्ष लिङ्देनले उक्त प्रस्तावबारे सकारात्मक जवाफ नदिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनएको छ ।

गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको राप्रपाले प्रचण्डले गठबन्धन बदलेपछि सत्ता छोडेको थियो । सत्ता छोड्दा राप्रपाले गठबन्धन बदल्ने प्रचण्डको निर्णयलाई नै कारण भनेको थियो ।

संघको सरकार छोडेपनि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार भइञ्जेल राप्रपा सरकारमै थियो । गएको १५ असारमा कोशीमा एमाले नेता हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा विश्वासको मत दिएका थिए । तर कार्कीले विश्वासको मत नपाएपछि कांग्रेस नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भए । थापालाई राप्रपाका सांसद्ले मत दिएनन् ।

प्रधानमन्त्री र दाहालले कोशी प्रदेशमा अहिलेका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर राप्रपालाई सभामुख दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पनि लिङ्देनले अस्वीकार गरेका छन् । 
rpp lider1689248235.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update