Public Pana
सुन प्रकरणले आज चल्ला अवरुद्ध प्रतिनिधि सभा बैठक ?

प्रमुख प्रतिपक्षी नेकपा नेकपाले त्रिभुवन विमानस्थलबाट करिब १०० किलो सुन बाहिरिएको विषयमा स्वच्छ निष्पक्ष छानबिन हुन गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने माग गर्दै गत साउन १० गते बसेको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।

बैठक चल्न नदिने संकेत देखेपछि सभामुख देवराज घिमिरेले साउन १५ गते अर्थात आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

बीचका ५ दिनमा संसद् खोल्न प्रयास भएको देखिएन । 

तर हिजो आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपनि संसद् अवरोध खोल्नेबारे निर्णयमा पुगेनन् । तिनै नेता आफ्नै कूरालाई अग्रस्थानमा राखे ।

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका थिए ।
उनले हतारमा राजीनामा माग्नु उपयुक्त नभएको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले सरकारको मिलेमतोबिना सियो नछिर्ने विमानस्थलको भन्सारबाट १०० किलो सुन छिर्न नसक्ने बताएका छन् । त्यसैले अनुसन्धानलाई सहज बनाउन अनुसन्धान नटुंगिने बेलासम्म राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।

सत्तारुढ दल कांग्रेसबाटै पनि गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग आएको छ । 

सबै पक्ष आ–आफ्नै अडानमा रहेको र मिलाउने प्रयास कतैबाट नभएकाले आज सोमबारको संसद बैठक सञ्चालन हुने सम्भावना नदेखिएको राजनीतिकविज्ञ कृष्ण खनालको बिचार छ ।

पब्लिक पानासँग कुरा गर्दै उनले भने,“एउटा ईसुमा विरोध राम्रो तर, बाधा नै गरेर अरुलाई हटाएर आफै राम्रो भन्ने प्रविद्धिले राजनीतिमा असर पर्ने देखिन्छ ।”

Krishna-Khanal-011690760005.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update