Public Pana
पेस्तोलसहित मोरङबाट एक जना पक्राउ

 कटुवा पेस्तोलसहित प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ। 

पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापोलाई मंगलबार साझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएपछि तुम्वापोलाई पक्राउ गरिएको हो। विशेष सूचनाका आधारमा  उनको घरमा प्रहरीले छापा हानेको थियो। 

घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको भण्डारीले बताए। उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुल्न बाँकी रहेको जानकारी दिए। 

पेस्तोलसहित पक्राउ परेका तुम्वापोलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 


 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update