Public Pana
सरकारी गाडीको ठक्करबाट २ जना घाइते

दाङको देउखुरीमा सरकारी नम्बरको स्कार्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना सख्त घाइते भएका छन् ।
लमही नगरपालिका ७, बगैँ जंगलमा आज आइतबार साँझ बा.२झ ४५४६ नम्बरको गाडीले रा.३प ५५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तीव्र गतिमा हुइँकिएको सरकारी नम्बरको गाडीको ठक्करबाट लमही ९, तेलियाका भीमबहादुर कुमाल र सोही ठाउँका अमृत राजकोटी सख्त घाइते भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । 

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक फरार रहेको प्रहरीको भनाइ छ । सरकारी नम्बरको गाडी प्युठानको झिम्रुक गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update