Public Pana
भारतको मणिपुरको दंगामा दक्षिणएशियाली अधिकारकर्मीको ध्यानाकर्षण

भारतको मणिपुरको दंगामा दक्षिणएशियाली अधिकारकर्मीको ध्यानाकर्षण भएको छ ।

तीन महीनादेखि चलिरहेको जातीय हिंसा रोक्न भारत सरकारले पहल नगरेको भन्दै दक्षिणएशियाका अधिकारकर्मीले दुखेसो गरेका हुन् ।

मानवअधिकारका लागि दक्षिणएशियालीहरु (साउथ एसियन्स फर ह्युमन राइट्स–एसएएचआर)ले प्रेस विज्ञप्ति जारी गरी मणिपुरमा भइरहेको जातीय दंगाप्रति आपत्ति जनाएका हुन् ।

मानव अधिकार रक्षकहरुको क्षेत्रीय सञ्जाल एसएएचआरले तीन महीना लामो जातीय–साम्प्रदायिक दंगाबाट आफूहरु अत्यन्त चिन्तित भएको उल्लेख  गरेको छ । 

आज आइतबार एक विज्ञप्ति जानरी गर्दै एसएएचआरले निश्चित समुदायविरुद्ध भइरहेको बर्बर, यौन हिंसा र जातीयद्वेषी भीडको आक्रमण खतरनाक रहेको जनाएको हो । 

भारतको मणिपुर राज्यमा मे महीनादेखि चलिरहेको हिंसामा हालसम्म १५० जनाभन्दा बढीको ज्यान गएको छ भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् ।

स्थितिलाई नियन्त्रणमा ल्याउनेतर्फ राज्य सरकार एवं भारतको केन्द्रीय सरकारको दृढ राजनीतिक ईच्छा वा क्षमता नदेखाएको भन्दै एसएएचआरले आपत्ती जनाएको हो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update