Public Pana
बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला

कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आज आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।

उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।   

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update