Public Pana
एनसेलको नयाँ ‘बिन्दास डाटा प्याक’

एनसेलले आफ्ना ग्राहकहरुका लागिग नयाँ ‘बिन्दास डाटा प्याक’ बजारमा ल्याएको छ । 

नयाँ प्याक अनुसार सबै ग्राहकले जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डाटा चलाउन सक्ने एनसेलले जनाएको छ ।

‘बिन्दास डाटा प्याक’ नामाकरण गरेको एनसेलका ग्राहकहरूले सजिलैसँग कर सहित ७५ रुपैयाँमा सुविधा लिन सक्नेछन् ।

३ दिनको समयावधि रहेको सुविधामा एनसेलका ग्राहकहरूले कुनै डाटा भोल्युम सीमा बिना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा चलाउन पाउँनेछन् । 

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ ।

सुलभ दरमा निश्चित अवधिका लागि डाटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो बिन्दस डाटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको हो । 

यस्तै बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले कर सहित मात्र रु.२५ मा १२ घण्टा अर्थात् बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मकुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सकिन्छ ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update