Public Pana
बारको आग्रहसँगै प्रधानन्याधीश सिफारिस गर्न ३ दल सहमत

नेपाल बार एशोसियशनले नयाँ प्रधानन्याधीश र न्यायधीश नियुक्तीको लागि सरकारलाई आग्रह गरेसँगै ३ दल सहमत भएका छन् ।

आज आइतबार दिउँसो बार एशोसियशननले प्रधानन्यायाधीश हरिकृष्ण काकीको समयावधि साउन २० गतेसम्मका लागि मात्र भएकाले नियमानुसार नयाँ नियुक्तीको पहल गर्न आग्रह गरेको थियो ।

त्यस लगत्तै आजै बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली बिच प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषदको बैठक मंगलबार बसेर सिफारिस गर्ने सहमति भएको हो । 

नयाँ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशको रोलक्रममा अगाडि रहेकाले उनलाई बधाई दिन हुइरिन थालेका छन् । 

प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।
supram court-16892463791690208511.jpg

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update