Public Pana
प्रधानन्यायाधीशलाई स्वचालित प्रणालीमार्फत पेशी तोक्न बारको आग्रह

नेपाल बार एशोसिएसनले पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीशलाई आग्रह गरेको छ ।

आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई बारले आइतबार विज्ञप्ति निकालेर ध्यानाकर्षण गराएको हो ।

कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो ।

सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) ले स्वामित्व लिएर प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने बारको माग छ ।

साथै उसले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

Nepal-Bar-association1690716910.jpg

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update