Public Pana
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टी भए एक

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।

आज आइतबार जनकपुरमा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरे ।

एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दैै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । 

एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रिय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
sadbhawana-party-nagarik-unmukti-press1690715753.jpg

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update